पोखरा । चैत १४ गते देभैभरिका स्थानीय तहका न्यायिक समितिको सम्मेलन पोखरामा हुने भएको छ ।
पोखरा महानगरपालिकाको न्यायिक समितिको आयोजनामा हुने सम्मेलनका लागि देशभरका नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्ष पोखरा आउने भएका हुन् ।
पोखरा महानगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मञ्जु देवी गुरुङका अनुसार नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्ष न्यायिक समिति प्रमुख हुने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्था बमोजिम पहिलो पटक जिम्मेवारी सम्हालेका न्यायिक समितिहरूले आफूले गरेको अभ्यास, चुनौती र अवसरबारे सम्मेलनमा अनुभव आदान प्रदान गर्ने छ ।
सम्मेलनमा देशभरका ७ सय ५३ वटै स्थानीय तहका करिब ५० प्रतिशत न्यायिक समिति संयोजक उपस्थित हुने अपेक्षा आयोजकको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।