२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सङ्ग्रहालयलाई सार्क स्तर बनाउनुपर्छ : मन्त्री आले

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काठमाडौँको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरको सङ्ग्रहालय बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय सङ्ग्रहालयको ८३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले पर्यटन प्रवर्द्धन, सांस्कृतिक सभ्यता तथा पुराना मानव इतिहासको जगेर्ना गर्न निर्माण गरिएको राष्ट्रिय सङ्ग्रहालयलाई स्तरोन्नति गर्नुपर्ने बताएका हुन् । मन्त्री आलेले भने, ‘नेपालको विविध पक्षको ज्ञान हासिल गर्न एउटै थलोका रूपमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई अझै बढी प्रचारप्रसार गरी देशको एउटा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक छ ।’

यसै गरी मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयलाई स्वदेशी तथा विदेशी सङ्ग्रहालयसँग आपसी भगिनी सम्बन्ध कायम गरी सङ्ग्रहालयको ज्ञान सीप तथा कलाहरू आदानप्रदान गर्न सके नेपालको कला, पहिचान स्थापित हुनुका साथै सङ्ग्रहालय नेपालको पर्यटन गन्तव्यका रूपमा स्थापित हुने बताए ।

राष्ट्रिय सङ्ग्रहालयको वार्षिक बजेट तीन करोड भएकाले अबको बजेटमा राष्ट्रिय सङ्ग्रहालयको बजेट पनि थप गरिनेसमेत जानकारी गराए । यसै गरी मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयमा देश विदेशबाट पनि अवलोकनका लागि नागरिकहरू आउने भएकाले उक्त क्षेत्रमा सरसफाइदेखि फूलहरू रोपेर सुन्दर बनाउनुपर्ने धारणा राखे ।

उनले भने, ‘सङ्ग्रहालयको भौतिक संरचनादेखि अन्य निर्माणका काम गर्नका लागि आवश्यक पर्ने २५ करोड बजेट माग गर्नुस्, बजेटको व्यवस्था म मिलाउँछु ।’ नेपालका प्रथम प्रधानमन्त्री जनरल भीमसेन थापाले विसं १८८१ मा स्वदेशी तथा विदेशी हातहतियार जम्मा गरिएकाले सुरुमा यस सङ्ग्रहलाई सिलखाना भनिएको र युरोपेली वास्तु शैलीमा निर्माण गरिएको समेत मन्त्री आलेले जानकारी दिए ।

राष्ट्रको संस्कृति, पुरातात्त्विक, धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रदर्शनमा राष्ट्रिय सङ्ग्रहालयको भूमिका निकै महत्त्वपूर्ण रहेकाले पनि यस सङ्ग्रहालयको थप विकास र विस्तार गर्न आवश्यक रहेकोसमेत मन्त्री आलेले बताए । उनले भने,‘राष्ट्रको कला, संस्कृतिको संरक्षण गर्ने सङ्ग्रहालयलाई सबै मिलेर देश विदेशमा चिनाउन लागी परौँ ।’ त्यस अवसरमा मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयको कला, सम्पदा नेपाली र अङ्ग्रेजी भाग ५ को पुस्तकसमेत विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस