२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशलाई सही दिशामा लैजान काँग्रेस लागेको छ: महामन्त्री शर्मा

अ+ अ-

चितवन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान काँग्रेस कटिबद्ध रहेको बताएका छन् ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले काँग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताएका हुन् ।

महामन्त्री शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको कामसँगै सदनबाट हुने कामलाई पनि अघि बढाइरहेको बताउँदै जनादेश लिएको (नेकपा एमाले) सरकार चलाउन पनि नसकेको र संसद् पनि चल्न नदिने गरेको आरोप लगाए । जनादेशको अपमान गर्दै एमालेले संसद् भङ्ग गरेको उनले बताए ।

उनले भने, ‘सरकार पनि चलाउन नसक्ने संसद् पनि चल्न नदिने भनेपछि जनताको जनादेशको अपमान कसले गरेको छ ।’ फरक प्रसङ्गमा बोल्दै उनले केन्द्रीय समितिको बैठकले मात्रै निर्वाचनमा तालमेल हुने नहुने निर्णय गर्ने बताए । उनले भने, “निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकले निर्णय गर्छ ।’

महामन्त्री शर्माले स्थानीय तहको राय सल्लाहबिना केन्द्रले निर्णय नगर्ने बताउँदै विगतमा भएका कमजोरी र राम्रा कामको समीक्षा गर्दै अघि बढ्ने बताए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई उत्तेजनात्मक अभिव्यक्ति दिन भन्दा बिग्रिएको, भत्किएको घर मिलाउन सुझाव दिए । उनले भने, ‘पहिला उहाँले आफ्नो घर सम्हाल्ने कसरी भनेर चिन्ता गर्नुपर्छ ।’

अघिल्लो पटकको निर्वाचनमा काँग्रेस एक्लै निर्वाचन लड्दा सबै कम्युनिस्ट एक भएको स्मरण गर्दै उनले भने ‘पहिला उहाँसँग भएका प्रचण्ड, माधव नेपाल, झलनाथ बामदेव कहाँ छन् । वास्तविक धरातल यही हो ।’ आगामी निर्वाचनमा काँग्रेस देशको ठुलो र बहुमतको पार्टी बन्ने उनको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस