काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो २६८ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम् मेहरा रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।
मेहराले मलद्वारभित्र लुकाएर बेलनाकार रूपमा बनाइएको अर्धठोस एक किलो २६८ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।