डा. शर्मा भारत राजदूतमा नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा. शर्मा भारत राजदूतमा नियुक्त


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा। शर्मालाई उक्त पदमा आज नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस