मधेस प्रदेशमा ४५६ सवारी चालकलाई कारबाही « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मधेस प्रदेशमा ४५६ सवारी चालकलाई कारबाही


६ चैत्र २०७८, आइतबार


जनकपुर । मधेस प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।

होली पर्वमा मादक पदार्थ सेवन गरी तथा बिना हेलमेट ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए ।

सप्तरीमा ५६, सिराहामा १५८, धनुषामा ७४, पर्सामा ९१, महोत्तरीमा ३१, सर्लाहीमा २५, रौतहटमा १४ र बारामा सात चालकलाई कारबाही गरिएको छ ।

चालकलाई कारबाही गरी दुई लाख ३१ हजार राजस्व सङ्कलन गरिएको जैसवालले बताए । यस्तै होलीको बेला मधेस प्रदेशका ८ वटै जिल्लामा ५९ सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु तथा ११४ जना घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस