२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्र सुधार र पुँजी निर्माणमा केन्द्रित हुन अर्थमन्त्री शर्माको निर्देशन

अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मातहतका निकायलाई अर्थतन्त्रमा देखिएको समस्या समाधान र पुँजी निर्माणमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालय मातहतका निकायको दोस्रो चौमासिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।

हिजो (शनिबार) महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, कृषि विकास बैङ्क, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सञ्चय कोष, राजस्व परामर्श समिति, एमसिसी परियोजना, बिमा समिति, बिमा संस्थान, बिमा कम्पनी, नेपाल राष्ट्र बैङ्क लगायतको दोस्रो त्रैमासिक समीक्षा सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्ष ०७८/७९ को दोस्रो त्रैमासिकका लागि राखिएको लक्ष्यअनुसार अधिकांश काम सम्पन्न भएको तीन निकायले जानकारी गराएका छन् । अर्थमन्त्री शर्माले संस्थागत सुधार, प्रविधिको प्रयोग, प्रविधिको अपडेट गरिरहनेलगायत विषयमा ध्यान दिनुपर्ने समेत बताए ।

उनले नियम कानुनले सरकारी संयन्त्रलाई बाँधेर राखेको भन्दै सच्याउन निर्देशन दिए । ‘हामी आफैँले बनाएको नियम, कानुनले आफैँलाई बाँध्ने काम गरिरहेका छौँ । नियम, विनियम संशोधन गरेर कार्य प्रकृति अनुकूल बनाउनुस्,’ उनले भने ।

उनले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आयातमा परेको चापका कारण अर्थतन्त्रका केही सूचक अपेक्षाकृत नभए पनि बिस्तारै सुधार भइरहेको समेत जानकारी दिए । ‘आयातमा भएको वृद्धि हामीले लिएको नीतिअनुसार बिस्तारै सुधार भइरहेको छ,’ उनले भने ।

बैङ्कको बढ्दो ब्याजदरप्रति उनले चिन्ता प्रकट गरे । ‘बैङ्किङ क्षेत्र र व्यवसाय एकै ठाउँमा हुन्छ । अहिले ब्याजदर बढ्यो भनेर व्यवसायीले विरोध गरिरहेका छन् । यसलाई समाधान गर्ने की हामीले यस्तै चलाइरहने हो भन्ने कुरामा राष्ट्र बैङ्कले ध्यान दिनुहोला,’ उनले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले डलर भित्र्याउन सहजीकरण गर्नुपर्ने, रेमिटेन्स एजेन्टको कमिसन दर बारे अध्ययन गरेर विदेशमा रहेका नागरिकको पैसा सहज रुपमा नेपाल भित्र्याउन पहल गर्ने तथा रेमिट्यान्सलाई बैङ्किङ प्रणालीबाट ल्याउन सबै प्रकारका पहलकदमी अवलम्बन गर्नुपर्ने सुझाव दिए ।

अर्थमन्त्री शर्माले नागरिक लगानी कोषमा एक खर्ब रुपैयाँ भन्दा बढी पैसा रहेको र त्यसलाई पुँजी निर्माणमा केन्द्रित गर्न समेत उनले सुझाव दिए ।

केही दिनअघि नेप्से बन्द भएको विषयमा ध्यानाकर्षण भएको भन्दै उक्त समस्याको तत्काल छानबिन गर्न र आइन्दा यस्ता समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई निर्देशन दिए । ‘नेप्से बन्द भएको कुरा गम्भीर हो । यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्’ उनले भने ।

समीक्षा कार्यक्रममा राष्ट्र बैङ्कका अधिकारीले मूल्यवृद्धिको वाषिर्क लक्ष्य ६.५ प्रतिशत रहेको र माघ मसान्तसम्म ५.९७ प्रतिशत रही वाञ्छित सीमा भित्रै रहेको जानकारी गराएका थिए । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि थप चर्किँदै गएकाले नेपाली बजारमा यसको नियमनका उपायबारे सोच्न मन्त्री शर्माले सल्लाह दिए ।

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले विदेशी मुद्राको चाप बढेको भन्दै समाधानका लागि ध्यान दिन निर्देशन दिए ।

उनले सबै निकाय जिम्मेवार भई काम गरे वर्तमान अर्थ व्यवस्थामा सुधार गरी जनता माझ राम्रो नतिजा दिन सकिने बताए । राजस्व सचिव कृष्णहरी पुस्करले जनतालाई आभास हुने गरी सेवा दिन सक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस