पोखरीमा डुबेर महिलाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरीमा डुबेर महिलाको मृत्यु


५ चैत्र २०७८, शनिबार


ढल

काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ कैनपानीकी २३ बर्सिया भागरथी चन्दको पोखरीमा डुबेर मृत्यु भएको छ। घर नजिकै रहेको सिचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

घटना शुक्रबार अपराह्न भए पनि प्रहरीले ढिलो जानकारी पाएको प्रहरी निरीक्षक खड्काले बताए। भागरथी किन पोखरीमा गइन् भन्ने कुरा खुलेको छैन।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक खड्का नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ। प्रहरीको टोली घटनास्थल पुगेपछि थप कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस