कच्चा तेलको मूल्यमा भारी गिरावट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कच्चा तेलको मूल्यमा भारी गिरावट


३ चैत्र २०७८, बिहिबार


काठमाडौँ । रुस–युक्रेन युद्धका कारण आकासिएको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार पछिल्लो एक साता यता ब्रेन्ट कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।

२३ फागुनमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० डलर पुगेको थियो । ट्रेन्डिङ इकोनोमीकाअनुसार यो मूल्य १४ वर्षयताकै उच्च थियो । त्यसयता निरन्तर जसो कच्चा तेलको मूल्य ओरोलो लागेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.१३ डलर रहेको छ । २३ फागुनको तुलनामा बिहीबार कच्चा तेलको प्रतिब्यारेल मूल्य ३०.८७ डलरले घटेको हो ।

युक्रेनमा रुसले युद्ध घोषणा गरेपछि कच्चा तेलको मूल्य बढ्न सुरु भएको थियो । युद्ध घोषणा भएको दिन (२५ फेब्रुअरी) प्रतिब्यारेल ९५ डलर थियो ।

बुधवार कच्चा तेलको मूल्य प्रतिब्यारेल ९४.६७ डलर कायम भएको थियो । जुन मूल्य २८ फेब्रुअरी (१६ फागुन) मा कायम भएको मूल्यको हाराहारी हो ।

Tags :
प्रतिक्रिया दिनुहोस