स्थानीय कार्यपालिकाका पदाधिकारी चुनाव प्रचारमा सहभागी हुन नपाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय कार्यपालिकाका पदाधिकारी चुनाव प्रचारमा सहभागी हुन नपाउने


३ चैत्र २०७८, बिहिबार


काठमाडौं । केन्द्र र प्रदेश सरकारका मन्त्रीहरुसँगै स्थानीय कार्यापालिकाका पदाधिकारीहरु पनि अन्य उम्मेदवारको चुनाव प्रचारमा सहभागी हुन नपाउने भएका छन् ।

२०७९ वैशाख ३० को स्थानीय तहको निर्वाचनका लागि आयोगले बनाएको आचार संहिता राजपत्रमा आज (बिहीबार) प्रकाशित भएको छ, जसअनुसार केन्द्र र प्रदेश सरकारका मन्त्रीका साथै स्थानीय कार्यपालिकाका पदाधिकारीहरु पनि कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रचारमा संलग्न हुन पाइने छैन ।

आफैँ उम्मेदवार भएका मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू उम्मेदवार भएमा निर्वाचन प्रचार प्रसारमा सहभागी हुन पाउने छैनन् । तर उम्मेदवारी दर्ता अघि बहाल रहेको पदबाट राजीनामा दिइसक्नुपर्नेछ ।

आचार संहिता राजपत्रमा प्रकाशित भए पनि लागू भइसकेको छैन । कहिलेबाट लागू हुने भन्ने आयोगले तोक्नेछ ।

सम्बन्धित समाचार : निर्वाचन आचारसंहिता : उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने

सम्बन्धित समाचार : उम्मेदवारहरुले चुनावी खर्च बैङ्किङ प्रणालीबाट गर्नुपर्ने

Tags :
प्रतिक्रिया दिनुहोस