उम्मेदवारहरुले चुनावी खर्च बैङ्किङ प्रणालीबाट गर्नुपर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उम्मेदवारहरुले चुनावी खर्च बैङ्किङ प्रणालीबाट गर्नुपर्ने


३ चैत्र २०७८, बिहिबार


काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गर्ने चुनावी खर्च बैङ्किङ प्रणालीबाट गर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगले स्थानीय तहअनुसार चुनाव खर्च तोकेको छ र महानगरको मेयरका उम्मेदवारले साढे ७ लाख खर्च गर्न पाउनेछन् ।

निर्वाचन आचार संहिताअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरुले बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्नुपर्नेछ र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने छ ।

राजनीतिक दलले पनि चुनावसम्बन्धी खर्च गर्दा बैङ्क खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत खर्च गर्नुपर्नेछ ।

५० हजारभन्दा बढी आर्थिक सहयोग लिँदा बैङ्क तथा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ ।

दल र उम्मेदवारहरुले आम्दानी र खर्चको विवरण निर्वाचन कार्यालयलाई बुझाउने निर्वाचन आचार संहितामा उल्लेख छ ।

सम्बन्धित समाचार : निर्वाचन आचारसंहिता : उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने

Tags :
प्रतिक्रिया दिनुहोस