२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाम्रो खिसीटिउरी गर्नेहरूको चुनावमा हरिबिजोग हुन्छ: नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामर्थ्य देखिने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामर्थ्य देखिने बताएका हुन्।

चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उनले आफूहरूलाई खिसीटिउरी गर्नेहरूको हरिबिजोग हुने बताए। उनले पार्टीको चुनाव चिह्न कलमले कमाल देखाउन सक्नुपर्ने पनि बताए। अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई पार्टीको सङ्गठन निर्माण, परिचालन र प्रचार–प्रसारको काममा केन्द्रित हुन पनि निर्देशन दिए।

उनले भने, ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल छ। जसको चुनाव चिह्न कलम हो। वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिन सक्नुपर्दछ। सत्य र न्यायको प्रतीकको रूपमा रहेको त्यो कलमले अवश्य कमाल गर्नेछ भन्ने आशा गर्दै कलमको प्रचार अभियानमा गाउँ–गाउँ, टोल–टोल, बस्ती–बस्तीमा हामी पुगौँ। जनताको माझमा पार्टीको प्रचार–प्रसार गर्ने काममा, सङ्गठन बनाउने काममा, जनपरिचालन गर्ने काममा लागि परौँ भन्दै म सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई यस अवसरमा आह्वान गर्दै यो पार्टीको सामर्थ्य, शक्ति चुनावको मैदानमा देखिनेछ। विगत दुई पटकको चुनावमा देखिएको छ। राष्ट्रिय सभाको पहिलो चुनावमा पनि देखाएका छौँ हामीले। राष्ट्रिय सभाको दोस्रो चुनावमा पनि देखाएका छौँ। अब स्थानीय तहको चुनावमा हाम्रो सामर्थ्य देखिने छ। र हाम्रा खिसीटिउरी गर्ने तत्त्वहरूको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ।’

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा प्रगतिशील भूमिका खेल्नेहरू पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरू दण्डित हुनुपर्ने धारणा राखे। प्रतिगामी भूमिका खेल्नेहरू पुरस्कृत भएमा समाज बाँच्न लायक पनि नहुने उनको भनाइ छ।

अध्यक्ष नेपालले युट्युबमा झुटा समाचार र झुटा सूचनाहरू आएका कारण यसप्रति गुनासोहरू आइरहेकाले झुटा समाचार सूचना सम्प्रेषण नगर्न आग्रह समेत गरे। उनले युट्युवरहरुलाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस