काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसम बदली भएको छ । बुधवार (आज) दिउँसो मौसम बदली भएको हो ।
कतै–कतै मेघ गर्जनसहित छिटपुट पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा पनि मौसम बदली भएको छ । देशका अरू ठाउँको मौसम भने सामान्यतया सफा छ ।