काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन भन्दै काठमाडौँ उपत्यकामा १३ सयभन्दा धेरै ट्राफिक प्रहरी खटाएको छ ।
होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी अन्य समयभन्दा धेरै जनशक्ति परिचालन गर्ने भएको हो ।
महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मादक पदार्थ सेवन परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ ।