डडेल्धुरामा गोली लागेर एक पुरुषको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डडेल्धुरामा गोली लागेर एक पुरुषको मृत्यु


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी देवेन्द्र पालका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।

उनको शव अस्पतालमा राखिएको छ। त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने आशङ्कामा प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

नियन्त्रणमा लिइएकाहरूको परिचय भने प्रहरीले खुलाएको छैन। जङ्गली जनावर बँदेल मार्नको लागि राखिएको बन्दुक पड्केको डिएसपी पालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस