राप्रपालाई हलो चिह्न नदिए चुनाव हुन नदिने लिङ्देनकाे चेतावनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राप्रपालाई हलो चिह्न नदिए चुनाव हुन नदिने लिङ्देनकाे चेतावनी


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिह्न हलो नदिए चुनाव हुन नदिने चेतावनी दिएका छन् ।

सोमबार (आज) बर्दियामा भएको कार्यक्रममा उनले हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौँ । राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य छैन ।’

राप्रपा अध्यक्ष लिङ्देनले आफ्नै चुनाव चिह्न दिएर द्वन्द्व र मुठभेड रोक्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरेका छन् । उनले आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई हलोमै मतदान गर्न पाउने आश्वासन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस