२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर कप क्रिकेट : खलङ्गा सेमिफाइनलमा

अ+ अ-

बैतडी । दशरथचन्द नगरपािलका– ४ खलङ्गा, बैतडीको देहिमाडौँमा जारी पाँचौँ संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खलङ्गाले दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई ९७ रनले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

खलङ्गाले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा दुर्गाभवानी १७.२ ओभरमा १२३ रनमा समेटियो । दुर्गाभवानीका लागि रवीन्द्र नाथले सर्वाधिक ३७ रन बनाए । हार टार्न नसक्दा दुर्गाभवानी प्रतियोगिताबाटै बाहिरिएको छ ।

बलिङतर्फ खलङ्गाका कप्तान मोहित भण्डारीले ३ तथा प्रदीप चन्द र वीरेन्द्र चन्दले २/२ विकेट लिए । त्यसअघि निङ्ग्लाशैनी खेलमैदानमा पहिला ब्याटिङ गर्दै खलङ्गाले निर्धारित २० ओभरमा प्रदीप चन्दको ८१ रनको मद्दतमा २२० रन बनायो । बलिङतर्फ दुर्गाभवानीका शङ्कर नाथले २ विकेट लिए ।

खलङ्गाका प्रदीप चन्द म्यान अफ दी म्याच घोषित भए । प्रशिक्षक दीपेन्द्रबहादुर बोहराका अनुसार अर्को खेलमा दशरथचन्द नगरपालिका–११ नागार्जुनले दशरथचन्द नगरपालिका–७ दुर्गास्थानलाई ९२ रनले पराजित गरेको छ ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा यही फागुन २५ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता आगामी चैत २ गते सम्पन्न हुने छ ।

उपाधि विजेताले ७५ हजार र उपविजेताले ५० हजार नगद तथा ट्रफी र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस