२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेलाई सरकारले तालिम दिने

अ+ अ-

काठमाडौँ । सरकारले ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेहरुलाई प्रशिक्षणको कार्यक्रम सुरु गर्न लागेको छ । पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका कारण यो क्षेत्रमा विकृति पैदा भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत्को नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रशिक्षण दिन लागेको हो ।

समितिले छिट्टै ज्योतिषी र पण्डितहरुको लागि लाइसेन्सको व्यवस्था गर्न लागेको जनाएको छ । लाइसेन्सको व्यवस्था गर्नुपूर्व इच्छुकहरुलाई प्रशिक्षित गरेर योग्य बनाउन सकियोस् भनेर तालिमको व्यवस्था गरेको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

उनका अनुसार यो तालिममा सबै जाति, लिंग र सम्प्रदायका मान्छेले सहभागिता जनाउन सक्छन् । तालिम चैत १५ गतेदेखि नारायणहिटी दरबार परिसरमा रहेको विकास समितिको कार्यालयमा सञ्चालन हुने सदस्य सचिव ढुंगेलले जानकारी दिए ।
६ महिनासम्म चल्ने छ तालिम हरेक दिन अपराह्न ४ बजेदेखि २ घण्टासम्म चल्ने छ । सहभागिताको लागि ६ महिनाको १५ हजार शुल्क तोकिएको छ । इच्छुक व्यक्तिले समितिको कार्यालयमा सम्पर्क गर्न सक्ने जानकारी ढुंगेलले दिए ।

यो प्रशिक्षण कार्यक्रम भएकाले सहभागीहरुको न्युनतम योग्यता नतोकिएको ढुंगेल बताउँछन् । सामान्यतया संस्कृत शब्द उच्चाहरण गर्न सक्ने जोकोही पनि तालिममा सहभागी हुन पाउने समितिले जनाएको छ ।

तालिम सम्पन्न भएपछि सहभागीलाई प्रमाणपत्रको व्यवस्था गरिएको छ । त्यसले पछि लाइसेन्स प्राप्त गर्न नि सहज हुने समितिका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस