सुन मूल्यले बनायो नयाँ कीर्तिमान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुन मूल्यले बनायो नयाँ कीर्तिमान


२५ फाल्गुन २०७८, बुधबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । नेपालमा सुनको मूल्य कीर्तिमानी विन्दुमा पुगेको छ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ प्रतितोला बढेको सुनको मूल्यमा रुस–युक्रेन युद्धको प्रत्यक्ष प्रभाव देखिएको छ । तेजाबी सुनको मूल्य भने १ लाख ५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य बुधवार १४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बढेको हो । सुनको मूल्य यसअघि १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेर फर्किएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस