कार्यसम्पादन मूल्याङ्कन : डडेलधुराको अजयमेरु उत्कृष्ट, सप्तरीको छिन्नमस्ता कमजोर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कार्यसम्पादन मूल्याङ्कन : डडेलधुराको अजयमेरु उत्कृष्ट, सप्तरीको छिन्नमस्ता कमजोर


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । स्थानीय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ ।

फागुन १८ गते आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार डडेलधुरा जिल्लाको अजयमेरु गाउँपालिका सबैभन्दा बढी ७८.६९ अङ्क प्राप्त गरी पहिलो भएको छ । यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका ३५.०४ अङ्क ल्याइ सबैभन्दा पछि रहेको देखिन्छ ।

अजयमेरु गाउँपालिकासहित उत्कृष्ट अङ्क ल्याउने स्थानीय तहहरूमा मुस्ताङको घेकर दामोरकुण्ड गाउँपालिका (७७.११), कैलालीको कैलारी गाउँपालिका (७६.४९), कञ्चनपुरको भीमदत्त नगरपालिका (७६.३८) र गुल्मीको धुर्कोट गाउँपालिका (७६.५४) रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस