मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ । सोमबार जारी मौसम पूर्वानुमानमा देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको जानकारी दिइएको छ ।

सोमबार दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

त्यसै गरी, राति देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Tags :
प्रतिक्रिया दिनुहोस