नागरिकता, भिजिट भिसा समस्या हटाउन गृहमन्त्रीसँग महिला सांसदको माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिकता, भिजिट भिसा समस्या हटाउन गृहमन्त्रीसँग महिला सांसदको माग


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग महिला सांसदले नागरिकता र भिजिट भिसालगायतका विषयमा देखिएको समस्या सम्बोधनका लागि पहल गर्न आग्रह गरेका छन् ।

नेपाली काङ्ग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसद रङ्गमती शाही, बिन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृहमन्त्री खाँणलाई भेटी नागरिकता, भिजिट भिसालगायतका विषय देखिएको समस्या सम्बोधनका लागि पहल आग्रह गरेका हुन् ।

वैवाहिक अङ्गीकृतबाहेकका विषयमा सहमति बनेकाले पास गरेर कानुन बनाउँदा उपयुक्त हुने पाण्डेको भनाइ थियो ।

नागरिकतासम्बन्धी विषयले उमेर पुगेका पनि बैङ्क खाता खोल्न, पढ्न, विद्यालयमा भर्ना हुन र रोजगारीका लागि आवेदन दिन पनि समस्या भएकाले यथाशीघ्र समस्या समाधान गर्न पहलकदमी लिई दिन गृहमन्त्रीलाई उनीहरूले आग्रह गरेका मन्त्रीका प्रेस संयोजक मधुसूदन भट्टराईले जानकारी दिए ।

भिजिट भिसाबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयवस्तु समेटिएको भन्दै सच्याउन माग गरे ।

पछिल्ला बलात्कार प्रकरणमा पीडित बालिकामाथि बढी प्रहार गर्ने काम भएको भन्दै रोक्न पहल गरिदिन पनि उनीहरूले आग्रह गरेका थिए।

संविधानको मर्म र भावनाअनुरूप समावेशी र समानुपातिक आधारमा स्थानीय तह निर्वाचनमा कम्तीमा ५० प्रतिशत उम्मेदवारी दिने व्यवस्था दलहरूबाट हुनुपर्ने विषय पनि सो अवसरमा उठेको थियो ।

यस्तै म्यादी प्रहरी र निर्वाचन गर्ने कर्मचारी पनि ५० प्रतिशत महिला घटाउने विषयमा पनि उनीहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

काँग्रेस सह महामन्त्री उपाध्यायले अपराधमा ‘जेन्डर’ जोडिन नहुने बताइन्। स्थानीय तह निर्वाचनमा महिलालाई पालिकाका उपप्रमुखमा मात्र होइन प्रमुखमा पनि निश्चित कोटा छुटाउनुपर्ने तथा वडा अध्यक्षमा महिलाको सङ्ख्या कम रहेकाले बढाउने पहल पनि सरकारबाट हुनपर्छ उनले भनिन् ।

सो अवसरमा गृहमन्त्री खाँणले महिला सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस