उपत्यकामा एकै दिन १६ सय ४३ जना सवारी चालकमाथि कारबाही « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा एकै दिन १६ सय ४३ जना सवारी चालकमाथि कारबाही


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन १ हजार ६४३ जना सवारी चालकमाथि कारबाही गरेको छ । बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ६६ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ५८ जना, र रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ४८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारबाही गरिएको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस