१७० किलोवाटको सोलार मिनिग्रेटको उद्घाटन, ४१७ परिवार लाभान्वित हुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१७० किलोवाटको सोलार मिनिग्रेटको उद्घाटन, ४१७ परिवार लाभान्वित हुने


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाटको सोलार मिनिग्रेट स्थापना गरेको छ । ४१७ घरपरिवार लाभान्वित हुने गरी मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताएका छन् ।

विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल त्यहाँका सर्वसाधारणलाइ बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुधवार सिंहले सो मिनिग्रेटको उद्घाटन समेत गरेमा छन् ।

जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तर पूर्वमा रहेको तोलखाना, नायक बाडा, पाखा लगायत गाउँ सोलारबाट विद्युतीकरण हुन लागेका हुन् ।

स्थानीय खड्काविक्रम शाहीले भने, ’ टुकीको भरमा थियौँ, सोलार बत्ती आएपछि हामी खुसी छौँ ।’ बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै नागरिकमा विद्युत पुर्‍याउन काम भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस