वडा सचिवविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वडा सचिवविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका–११ का वडा सचिव विनोदप्रसाद साहविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग ३५ सय रुपैयाँ घुस लिएको आरोपमा वडा सचिव साहलाई गत माघ २० गते पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा उनको संलग्नता रहेको खुल्न आएकोले ३५ सय रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा दायर गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस