२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचनमा जसपाको तर्फबाट अशोक राईको हस्ताक्षर चल्ने

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) मा स्थानीय तहको निर्वाचनको लागि वरिष्ठ नेता अशोक राईको हस्ताक्षर चल्ने भएको छ।

जसपाको जारी कार्यकारिणी बैठकले निर्वाचन आयोगमा अशोक राईको हस्ताक्षर चल्ने गरी दल दर्ताको निवेदन दिने निर्णय गरेको हो। त्यो निर्णय अनुसारको निवेदन आयोगमा दर्ता भइसकेको जसपा कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए।

हाम्रोमा पार्टी अध्यक्षले नै हस्ताक्षर गर्ने भन्ने छैन। कुनै चुनावमा पार्टीका महासचिवको हस्ताक्षर चल्ने बनाइएको थियो। एक पटक मेरै हस्ताक्षरले चलेको थियो, उनले भने, यस पटक अशोकजीको हस्ताक्षर चल्ने बनाइएको हो।

जसपाले निर्वाचनका आयोगमा सम्पर्क व्यक्तिको रूपमा गङ्गानारायण श्रेष्ठ र प्रकाश अधिकारीलाई खटाएको छ। श्रेष्ठ सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईनिकट हुन् भने अधिकारी यादव निकट हुन्।

एक कार्यकारिणी सदस्यका अनुसार यादवले आयोगमा आफ्नो हस्ताक्षर चलाउन प्रस्ताव गरेका थिए। तर भट्टराई पक्षले नमानेपछि राईको नाममा सहमति भएको हो। भट्टराई र यादवबिचको विवादमा राई तटस्थ देखिएका छन्। भट्टराई पक्षले भने राई आफूहरूसँग रहेको दाबी गर्दै आएको छ।

निर्वाचनका लागि टिकटमा विवाद भएमा मिलाउनका लागि यादव, राई र भट्टराई रहेको समिति समेत जसपाले गठन गरेको छ।