रुस-युक्रेनबिचको पहिलो चरणको वार्ता सकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रुस-युक्रेनबिचको पहिलो चरणको वार्ता सकियो


१७ फाल्गुन २०७८, मंगलबार


काठमाडौं । युक्रेन सङ्कटलाई लिएर युक्रेन र रुसी अधिकारीहरूबिच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्ध विरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ ।

दोस्रो चरणको वार्ता अघि दुवै देशका अधिकाहरुी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् । तत्काल युद्ध विराम गर्न र रुसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उद्देश्यसहित दुई पक्षबिच वार्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस