काँग्रेस कैलालीको सभापतिका लागि पुनः निर्वाचन हुने, बमको सम्भावना धेरै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस कैलालीको सभापतिका लागि पुनः निर्वाचन हुने, बमको सम्भावना धेरै


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस कैलालीको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ ।

काँग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत सोमबार(आज) भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी एक हजार एक सय ६९ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले एक सय ९७ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा जम्मा दुई हजार चार सय ८६ मत खसेको थियो भने ४८ मत बदर भएको छ । सबैभन्दा कम मत ल्याएका कलेल प्रतिस्पर्धाबाटै बाहिरिएसँगै सभापतिका लागि अब बम र भट्टबीच मात्रै प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणको निर्वाचनमा बमले विजयी हासिल गर्ने आकलन गरिएको छ । पहिलो चरणको निर्वाचन मत काटिँदा र बदर हुँदासमेत फराकिलो मतले अगाडी बम देउवा पक्षका उम्मेदवार हुन् । दुवै देउवा पक्षका भएपनि भट्टलाई आरजु देउवाको आशीर्वाद रहेको एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस