बाँकेमा ५ जना बन्दकर्ता पक्राउ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बाँकेमा ५ जना बन्दकर्ता पक्राउ


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । बाँकेमा प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको छ। बन्द गर्दै हिँडेका ५ जनालाई पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन।

सांसदबाट एमसीसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज सोमबार देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ।

नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आउती, कर्ण जीत बुढाथोकी नेतृत्वको पार्टीले आज नेपाल बन्द आह्वान गरेका छन्।

६ कम्युनिस्ट पार्टी र २ मोर्चा मिलेर संयुक्त रूपमा आज बन्द गर्दा सर्वसाधारणले भने दुःख र हैरानी खेप्नुपरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस