काँग्रेस कैलाली : सभापतिको मतगणना १० बजेपछि मात्रै हुने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काँग्रेस कैलाली : सभापतिको मतगणना १० बजेपछि मात्रै हुने


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २४८६ मत खसेको छ ।

धनगढीको कबर्ड हलमा आइतबार अबेर राति सम्पन्न भएको मतदानमा कुल दुई हजार ५७२ मतमध्ये २४८६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

राति अबेर भइसकेकाले उम्मेदवारहरूबिचको सहमतिका आधारमा सोमबार मात्र सभापति पदको मतगणना गर्ने तय भएको छ ।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सोमबार बिहान १० बजेपछि पार्टी कार्यालयमा सभापति पदको मतगणना सुरु गरिने जानकारी दिए ।

काँग्रेसको सभापतिका लागि नारायणदत्त भट्ट, प्रकाश बम र रामबहादुर कलेलले प्यानलसहित उम्मेदवारी दिएका छन् । काँग्रेसको विधानअनुसार कुल खसेको मतमध्ये ५१ प्रतिशत मत ल्याउने उम्मेदवार विजयी हुनेछ ।

पहिलो चरणमा कुनै एक जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सर्वाधिक मत ल्याउने दुई जनाबिच पुनः दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस