निजामती कर्मचारी सङ्गठनको झापा अध्यक्षमा पोखरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजामती कर्मचारी सङ्गठनको झापा अध्यक्षमा पोखरेल


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठन झापाको अध्यक्षमा केदारप्रसाद पोखरेल सर्वसम्मत चयन भएका छन् ।

सङ्गठनको शनिवार चन्द्रगढीमा भएको ११औँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा हिरण्य न्यौपाने, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा मनोज तिम्सिना, सहसचिवमा इन्द्रहरि भट्टराई र कोषाध्यक्षमा कृष्णप्रसाद सुवेदी चयन हुनुभएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए।

तीनवर्षे कार्यकालका लागि निर्वाचित जिल्ला कार्यसमितिको सदस्यमा सुरेश गौतम, नगेन्द्र भट्टराई, पूर्णचन्द्र मैनाली, दीपक रेग्मी, राजकुमार न्यौपाने, नरेन्द्र श्रेष्ठ, केदारकुमारी अधिकारी, सुष्मिता मैनाली, जीवनकला राउत, टिना काफ्ले, शारदा घिमिरे, जट्टाशङ्कर झा, यामकुमार कन्दङवा, रोशन घतानी र लोकबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएको आचार्यले जानकारी दिए ।

अधिवेशनले सङ्गठनको लेखापरीक्षण आयोगको संयोजकमा सुवासकुमार विक र सदस्यमा रामप्रसाद ढकाल, सुधीर खनाल, खिना तिम्सिना र अरुणा भट्टराईलाई सर्वसम्मत चयन गरेको छ भने राष्ट्रिय महाधिवेशनका लागि नौ केन्द्रीय प्रतिनिधि र १ नं प्रदेश अधिवेशनका लागि १७ प्रदेश प्रतिनिधि पनि चयन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस