पासपोर्ट र भिसा बिना नै एक व्यक्ति विमानमा पुगेको घटनामा छानबिन गर्न समिति गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पासपोर्ट र भिसा बिना नै एक व्यक्ति विमानमा पुगेको घटनामा छानबिन गर्न समिति गठन


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति विमानमा पुगेको घटनामा छानबिन गर्न समिति बनाइएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।

समितिलाई प्रतिवेदन बुझाउन ७ दिनको समय दिइएको छ ।

गत फागुन ९ गते कतार उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा एक व्यक्ति बिना कागजात पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस