एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रपतिसमक्ष निवेदन पेश « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रपतिसमक्ष निवेदन पेश


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । अमेरिकी सहयोग परियाेजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पुगेको छ ।

समाजवादी केन्द्र नेपाल नामक पार्टीले राष्ट्रपति कार्यालयमा एमसीसी खारेज गर्न माग गर्दै निवेदन दिएको हो ।

एमसीसी सम्झौता इष्ट इन्डिया कम्पनीको ढाँचामा आएको र इष्ट इन्डिया कम्पनीले सिंगो भारतलाई पराधीन बनाएजस्तै एमसीसीले नेपाललाई अनिश्चितकालसम्म पराधीन बनाउन सक्ने खतरा रहेको निवेदनमा उल्लेख छ ।

एमसीसी किन स्वीकार गर्न हुन्न भन्ने विषयमा विभिन्न ११ वटा बुँदा लेखेर दिइएको निवेदन राष्ट्रपति कार्यालयले दर्ता गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस