सत्ता गठबन्धन नभत्किने प्रचण्डको दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सत्ता गठबन्धन नभत्किने प्रचण्डको दाबी


९ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन्।

सोमबार दिउँसो काँग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटवार्तामा दाहालले एमसिसीका कारण गठबन्धनको भविष्यमा असर नपर्ने प्रतिबद्धता जनाएका हुन्।

माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच सत्ता गठबन्धन जोगाएर एमसिसी पारित गर्ने विषयमा छलफल भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस