काठमाडौँ । १८ जना जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षामा जम्मा तीन जना परीक्षार्थी मात्र पास भएका छन् ।
न्याय सेवा आयोगको आग्रहमा लोक सेवा आयोगले परीक्षा लिएको थियो ।
आन्तरिक खुला ९, खुल्ला प्रतिस्पर्धा ५, महिला २, आदिवासी जनजाति १ र मधेसी १ जनाको लागि विज्ञापन गरिएको थियो ।
न्याय सेवा आयोगको आज (आइतबार)को बैठकले आन्तरिक खुल्लातर्फ पास भएका तीन जनालाई अन्तर्वार्ताका लागि छनौट गरेको हो ।
छनौट हुनेमा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी छन् ।
