काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिएका छन् । उनलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाएका हुन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरू, नेपाल सरकारका उच्चाधिकारी लगायत उपस्थित थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिस यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्त भएपछि गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरिएको थियो ।