स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटुन् : आयोग « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटुन् : आयोग


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटुन् भन्नेमा सचेत रहेको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदान स्थल अपाङ्गमैत्री हुने गरी आवश्यक नीतिगत व्यवस्था गरिएको र त्यो भए नभएको परीक्षण गर्न अनुगमन गर्ने व्यवस्था गरिएको बताए ।

नेपाल अपाङ्ग महिला सङ्घका पदाधिकारीसँग भएको भेटमा थपलियाले आगामी स्थानीय तहको निर्वाचनको मतदान केन्द्रमा ज्येष्ठ नागरिकलाई सहज वातावरण, सुत्केरी तथा गर्भवती महिलाका लागि पनि विशेष व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल अपाङ्ग महिला सङ्घका पदाधिकारीले सबै मतदान केन्द्र अपाङ्गमैत्री हुने गरी आवश्यक व्यवस्था मिलाउन माग गरेको थियो ।

निर्वाचन आयोगसँग अपाङ्गमैत्री मतदान केन्द्र र उनीहरुको प्रतिनिधित्व सबै स्थानीय तहमा सुनिश्चित हुने गरी आगामी निर्वाचनमा आवश्यक व्यवस्था मिलाउन माग गरिएको सङ्घकी अध्यक्ष टीका दाहालले जानकारी दिइन् ।

सङ्घले अपाङ्गता भएका व्यक्तिहरुका लागि सहज हुने खालको निर्वाचनसम्बन्धी सामग्री बनाउन आयोगको ध्यानाकर्षण गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस