दोहोरो अङ्कले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा सीमित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा सीमित


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

साताको पहिलो दिन आज (आइतबार) नेप्से परिसूचक ३९ दशमलव ४० अङ्कले घटेर २ हजार ६९३ दशमलव १० अङ्कमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९९ अङ्कले घटेर ५१३.६४ अङ्कमा झरेको छ ।

नेप्से परिसूचक सुस्ताउँदा कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ५७ हजार कारोबारबाट २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार कारोबार रकम ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँ भएको छ । कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्था देखिएको छ ।

७० प्रतिशत बोनस सेयर घोषणा गरेपछि यो संस्थामा लगानीकर्ताहरूको आकर्षण देखिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस