अब एमालेले जवाफ दिनुपर्छ : ज्ञानेन्द्रबहादुर कार्की « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अब एमालेले जवाफ दिनुपर्छ : ज्ञानेन्द्रबहादुर कार्की


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अब प्रमुख प्रतिपक्षी नेकपा एमालेले जवाफ दिनुपर्ने बताएका छन् ।

आज (आइतबार) भएको छलफलमा चार दलका शीर्ष नेताबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको छ ।

सम्बन्धित समाचार : संसदमा एमसीसी पेश गर्ने सत्ता गठबन्धनको सहमति

आइतबार नै संसदमा एमसीसी टेबल गर्ने सहमति भएको जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री कार्कीले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी परियोजना संसदमा दर्ता गराएको हो ।

सरकारको अविच्छिन्न उत्तराधिकारीको रुपमा आज हामीले संसदमा टेबल दर्ता गराउँछौँ । यसपछि प्रमुख प्रतिपक्षले त्यसको जवाफ दिनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस