२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमजुङमा काँग्रेस महासमिति सदस्यका लागि फागुन १४ मा मतदान हुने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस लमजुङले केन्द्रीय महासमिति सदस्य पदका लागि १४ फागुनमा निर्वाचनको मिति तय गरेको छ । यसअघि मङ्सिर पहिलो साता निर्वाचन सकेको काँग्रेसले ३ महिनापछि महासमिति सदस्य पदका लागि निर्वाचन गर्न लागेको हो ।
जिल्ला अधिवेशन सकिए लगत्तै महासमिति सदस्य पदमा निर्वाचन गर्नुपर्नेमा निर्वाचनका कारण पार्टीका प्रतिनिधि, उम्मेदवार, आयोजक, निर्वाचन कर्मचारीलगायत सवैमा थकान भएपछि पछि सारिएको काँग्रेसले बताएको थियो ।

काँग्रेस नेता कार्यकर्ता गुट–उपगुटमा लागेपछि त्यति बेला महासमिति सदस्य पदको निर्वाचन गर्न काँग्रेसलाई गाह्रो परेको थियो । अहिले प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सकिएपछि जिल्लामा महासमितिको निर्वाचन गर्न काँग्रेस तत्पर देखिएको हो ।
काँग्रेसको महासमिति सदस्य निर्वाचन कार्यपालिका अनुसार मतदाता नामावली शुक्रवार प्रकाशन भएको थियो । आज दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन फिर्ताको समय राखिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै हुनेछ ।

तदान कार्य १४ फागुन बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म हुने छ । मतदान सकिएपछि मतगणना हुनेछ । मतगणना सकिएपछि नतिजा प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन कार्यक्रम नेपाली काँग्रेस जिल्ला कार्य समितिको कार्यालय, लमजुङमा हुने छ।

केन्द्रीय महासमिति सदस्य पदका उम्मेदवारले मनोनयनका लागि १४ हजार रुपियाँ बुझाउनुपर्ने छ । काँग्रेसको विधानको धारा ११ को उपधारा ३ (क) बमोजिम केन्द्रीय महासमिति सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन ११ पदमा हुने छ । महिला सदस्य (प्रत्यक्ष) २ जना, खुला सदस्य (प्रत्यक्ष) ५ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट ४ जना निर्वाचित हुने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस