एमसिसी नेपालको राजनीतिमा अनावश्यक किचलो बनाउन ल्याइएको हो : मन्त्री झाँक्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमसिसी नेपालको राजनीतिमा अनावश्यक किचलो बनाउन ल्याइएको हो : मन्त्री झाँक्री


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना एमसिसी आन्तरिक राजनीतिलाई किचलो बनाउन ल्याइएको बताएकी छन्।

आज (शुक्रबार) संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री झाँक्रीले एमसिसीजस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको बताएकी हुन् । यस्ता विषयबाट सरकार टाढा रहनु उचित हुने पनि उनको राय छ ।

आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले एमसिसीप्रति प्रधानमन्त्रीको झैँ आफ्नो धारणा रहेको उनको भनाइ छ ।

मन्त्री झाँक्रीले भनिन्, ‘एमसिसीलगायतका इस्यूहरू पहिलादेखिका सरकारले सिर्जना गरेको दायित्व हो । त्यसमा अन्तर्राष्ट्रिय कमिटमेण्टहरु छन् नेपालको तर्फबाट । प्रधानमन्त्री को भयो, अर्थमन्त्री को भयो, योजना आयोगको उपाध्यक्ष को भयो ? त्यसले धेरै कुराको निर्धारण गर्दैन । नेपालको कमिटमेण्ट हो । त्यसप्रतिको दायित्व नेपाल सरकारले लिनुपर्ने भएकोले प्रधानमन्त्रीले आफ्ना धारण राखिरहनु भएको छ । म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणा भन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन ।’

उनले थपिन्’ ‘यी विषयहरु नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढङ्गले किचलो हाल्नका लागि ल्याइएका विषयहरु हुन् । यी विषयबाट अलग रहनु, सचेत हुनु, राष्ट्रको हित र क्रेडिबेलिटीमा सचेत हुनु जरुरी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस