आइतबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आइतबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी आइतबार बस्ने गरी स्थगित भएको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७/७८ पेस गरेका थिए। त्यस लगत्तै सभामुख अग्नि सापकोटाले अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्।

शुक्रबार बसेको संसदमा नेकपा एमालेले अवरोध कायम राखेको थियो।

अवरोधबिच सभामुख सापकोटाले संसद् अघि बढाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस