सुवास नेम्वाङ भन्छन् एमसीसीमा एमालेको कुनै धारणा छैन् « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सुवास नेम्वाङ भन्छन् एमसीसीमा एमालेको कुनै धारणा छैन्


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका विषयमा सरकारमा रहेका दलहरूले एउटै धारणा बनाएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।

सरकारमा रहेका दलहरूले एमसीसीबारे समान धारणा बनाउन आवश्यक रहेको भन्दै उनले थपे, ‘एमसीसीमा एमालेको कुनै धारणा छैन् । किनभने उहाँहरूले गठबन्धनबाट केही निर्णय नै गर्नुभएको छैन् ।’

एमसीसी संसदमा टेबुल गर्ने प्रयासमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ एमाले अध्यक्ष केपी ओलीसंग भेटेका थिए । उक्त भेटपछि एमालेले कुनै धारणा बनायो कि ? भन्ने प्रश्नमा नेम्वाङले पहिले सत्तागठबन्धनले नै समान धारणा बनाउन आवश्यक रहेको बताएका हुन् ।

आज शुक्रवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पेस गर्ने सरकारको तयारी छ । तर, सत्तारुढ दलहरूका बिचमा सहमति भने जुटिसकेको छैन् ।

बरु एमालेले संसदमा आफ्नो अवरोध निरन्तर रहने बताएको छ । एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, ‘संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन । आज पनि विरोध जारी राख्छौँ ।’

एमालेले २३ भदौ २०७८ देखि निरन्तर संसदमा अवरोध गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस