एमसिसी आज टेबल नहुने, प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको निर्णायक बैठक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमसिसी आज टेबल नहुने, प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको निर्णायक बैठक


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा एमसिसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसिसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति भएको बताइएको छ ।

‘आज एमसिसी टेबल नगर्ने , भोलि गठबन्धनको बैठक बस्ने र सहमतिका लागि अधिकतम पहल गर्ने निर्णय भएको छ’, बालुवाटारनिकट स्रोतले भन्यो ।

एमसिसीबारे छलफल गर्न भोलि बिहीबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस