बिहानैदेखि लुम्बिनी प्रदेशमा बन्दको प्रभाव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बिहानैदेखि लुम्बिनी प्रदेशमा बन्दको प्रभाव


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)को विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा बिहानैदेखि परेको छ ।

विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलले एमसिसी सम्झौता खारेजीको माग गर्दै बुधबार नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन् ।

लुम्बिनी प्रदेशका मुख्य मुख्य सहरहरु रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको प्रत्यक्ष प्रभाव परेको छ । बन्दकर्ताहरुले बन्द साँझ ५ बजेसम्म जारी रहने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस