सुदुरपश्चिममा यातायात र शिक्षण संस्था बन्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुदुरपश्चिममा यातायात र शिक्षण संस्था बन्द


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक -एसपी_ प्रवीण धितालले आज बिहानैदेखि लामो दुरीका सवारी साधन चल्न नसकेको बताए ।

उनका अनुसार कैलाली, कञ्चनपुरसहितका प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ । छोटो दुरीका सवारी साधन पनि छिटफुट रूपमा मात्रै चलिरहेको एसपी धितालले बताए ।

यस्तै शिक्षण संस्था समेत नखुलेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरूमा बिहानी कक्षा सञ्चालन नभएपछि विद्यार्थीहरू घर फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस