मन्त्री लामाविरुद्धको रिटमा कारण देखाउ आदेश « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मन्त्री लामाविरुद्धको रिटमा कारण देखाउ आदेश


४ फाल्गुन २०७८, बुधबार


कर्णाली । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश राजेन्द्र खरेलको इजलासले निवेदकको मागबमोजिम आदेश हुनुपर्ने वा होइन भन्ने विषयमा सूचना प्राप्त भएको मितिले १५ दिनभित्र कारण, आधार र प्रमाण पेश गर्न विपक्षीका नाउमा आदेश दिएको हो ।

मध्यपश्चिम विश्वविद्यालय कानून सङ्कायका विद्यार्थी विनिता बोगटीले सोमबार मन्त्री लामाको नियुक्तिमा प्रश्न उठाउँदै उनको नियुक्ति कानूनयोग्य छ वा छैन निरुपण गर्न माग गर्दै रिट निवेदन दर्ता गरेका थिए । उक्त रिटमाथि आज प्रारम्भिक सुनुवाइ गर्दै अदालतले विपक्षीमध्ये प्रदेश प्रमुखको कार्यालयले उच्च सरकारी वकिल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यन्यायाधिवक्तामार्फत लिखित जवाफ पेश भनेको हो ।

फौजदारी कसुरसम्बन्धी मुद्दामा कैद सजाय पाइसकेको व्यक्तिलाई मन्त्रीजस्तो गरिमामय पदमा नियुक्त गर्न मिल्छ की मिल्दैन? भन्ने सवालको निरुपण हुनुपर्ने निवदेकको माग थियो । बहसमा मन्त्री लामाको पक्षमा वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर र अधिवक्ता विद्याभूषण मानन्धरले बहस गरेका थिए ।

साथै मन्त्रिपरिषद् समावेशी नभएको तथा कैद सजाय पाएका व्यक्तिलाई मन्त्री पदमा नियुक्ति गरिएकाले निजलाई मन्त्रीको हैसियतमा कामकाजमा रोक लगाउनु भन्ने समेतको अन्तरिम आदेश मागिएकाले दुवै पक्षलाई छलफलका लागि आगामी फागुन १० गते उपस्थित हुन आदेश दिएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले पछिल्लोपटक माघ २३ गते आफ्नो दल नेपाली काँग्रेसबाट यज्ञबहादुर बुढाक्षेत्री, हिमबहादुर शाही, नेकपा (माओवादी केन्द्र) बाट गणेशप्रसाद सिंह, छिरिङ डम्डुल लामा (कार्चेन) र नेकपा (एकीकृत समाजवादी) का तर्फबाट पदम रोकायालाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस