२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुरामा कुटपिटमा परेका युवकको मृत्यु

अ+ अ-

डडेल्धुरा । डडेल्धुरामा कुटपिटमा परी अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ ।

हिजो बिहान डडेल्धुराको आलिताल गाउँपालिका–४ लामजिलेमा चोटपटक लागि अचेत अवस्थामा फेला परेका डोटी दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय वसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी कुटपिटबाट अचेत पारिएको अवस्थामा आलिताल गाउँपालिका–४ लामजिलेमा फेला परेका प्रहरीले जनाएको छ । घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो ।

त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रहरी निरीक्षकका चन्दका अनुसार मृतक सिजापतीको शरीरभरि चोटपटक रहेका छन् ।

सिजापतीको कुटपिट गरी हत्या गरेको आशङ्कामा प्रहरीले केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । घटनाका बारेमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अहिले मृतकको शव जोगबुढा अस्तालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस