महानिर्देशक क्षेत्रीको अवकाश रोक्न सर्वोच्चको आदेश « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महानिर्देशक क्षेत्रीको अवकाश रोक्न सर्वोच्चको आदेश


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आइतबार(आज) छलफलको टुङ्गो नलागेसम्म क्षेत्रीलाई अवकाश नदिन भनेको हो । फागुन ९ गते अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन अदालतले आदेश दिएको छ ।

क्षेत्रीलाई ५८ वर्षे उमेरहदका कारण पर्यटन मन्त्रालयले अवकाश दिएर उनको ठाउँमा प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरिसकेको छ । तर, अदालतको आदेशपछि अधिकारीले काम गर्न नपाउने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस