काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

गत बिहीबारदेखि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी कार्यसम्पादन समितिको बैठक अहिले २ बजेबाट बसेको हो ।

बैठकमा यसअघि नै महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेका भ्रातृ तथा शुभेच्छुक संस्था, स्थानीय तहको निर्वाचनको तयारी लगायत विषयमा छलफल हुनेछ ।

साथै, प्रधानन्यायधीशविरुद्व दर्ता भएको महाभियोग प्रस्ताव र संसद्‌बाट एमसिसी अनुमोदन गराउने विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् ।

बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित १३ जना पदाधिकारीसहित कार्यसम्पादन समितिका ३७ जना नेताहरू सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस